अन्तर्राष्ट्रिय

बस दुर्घटनामा सातको मृत्यु, २० घाइते

नयाँ दिल्ली । तीव्र गतिमा गुडको बस दुर्घटना हुँदा बुधबार भारतमा कम्तीमा सात जनाको मृत्यु भएको छ । भारतको राजस्थान राज्यमा भएको सो घटनामा परी अरू २० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । राजस्थानको राजधानी जयपुरदेखि ३०१ किलोमिटर टाढा पर्ने पाली जिल्लाको कैनपुरा नजिकै दुर्घटना भएको बताइएको छ ।

“दुर्घटनामा परी घाइते भएका सबैलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने । घाइतेहरुको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै ती प्रहरी अधिकारीले दिएको जानकारी अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु भएकामध्ये केही महिला पनि रहेको अधिकारीहरुले बताएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको जनाएको छ ।

भारतमा सवारी दुर्घटनाका घटना अत्यधिक धेरै हुने गरेका छन् । चालकको लापरवाही, सडक र सवारी साधनको पर्याप्त मर्मत नहुनुलगायतका कारणले बढी दुर्घटना हुने गरेको बताइएको छ ।