राजनीति

एकलाख युवाले घेरेर देश र जनता बिरोधी ओली सरकार ढाल्छौंः महासचिव शाही

काठमाण्डौ । नेपाली काँग्रेसको सशक्त भातृसंस्था नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले ओली सरकारका गलत कृयाकलापका बिद्धमा देशभर एक लानख युवा उतार्ने चेतावनी दिएका छन् । बुधबार काठमाण्डौको गौसालमा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्युनिष्ट सर्बसत्ताबादबाट मुलुकलाई समस्या परिरहेका बेला काँग्रेसभित्र गुट उपगुट हावी भएको बताउर्दै गुटउपगुटभन्दा बाहिरहेर देश, जनता र लोकतन्त्रका लागि कटिबद्ध भएरलाग्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस पछिल्लो समयमा अत्यन्तै कमजोर भएको बताउदै सबै काँग्रेसीहरु पार्टी बलिायो बनाउनतिर दत्तचित्र भएर लाग्नुपर्ने बेला आएको विचार ब्यक्त गरेका छन् । महासचिव शाहीको संकेत थियो कि अब ओली सरकार ढाल्ने कार्यको थालनी तरुण दलले छिट्टै गर्ने छ ।