राजनीति

समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हरेक व्यक्तिले राम्रो काम गरेर अघि बढ्नुपर्छ –वरिष्ठ नेता नेपाल

काठमाडौँ । रौटहत टाइम्स साप्ताहिकको २१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले नेपालको समृद्धिका लागि सरकार, राजनीतिक पार्टीसहित सबै अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

‘समृद्ध नेपाल निर्माणका लागि सञ्चारमाध्यमको योगदान’ विषय अन्तक्र्रियामा उनहरुले अरु विषयमा मत भिन्नता भएपनि देश निर्माण गर्ने तथा समृद्ध मुलुक बनाउन सबै सञ्चारमाध्यमले सकारात्मक सूचना प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने सरकारको लक्ष्यमा हरेक व्यक्तिले राम्रो काम गरेर अघि बढ्नुपर्ने बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले हालसम्म ५५ हजार कर्मचारीको समायोजन गरिसकेको र बाँकी यसै महिनाभित्र समायोजन गर्ने योजना रहेको बताए पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेकपाका नेता वंशीधर मिश्र, कमल चौलागाईं र रामनारायण विडारीलगायतले देश समृद्ध हुन नसक्नुका कारण देश र समाजप्रति इमान्दारीको अभाव र भ्रष्टाचार रहेको बताए