आर्थिक

योगदान पु¥याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना

काठमाडौँ । भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ ।

चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक आजदेखि सञ्चालन भएको हो । सर्वसाधारणको ४०, व्यक्तिगत ४।९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०।८९, बीमा कम्पनीको १८।९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री डा युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा उद्घाटन गरे ।

त्यस अवसरमा उनले वर्तमान वित्तीय प्रणालीमा बैंकले परिपूरकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले देश विकासका निम्ति अपरिहार्य दीर्घकालीन पूर्वाधार परियोजनामा पूँजी परिचालन गर्न सुझाउँदै नवीकरणीय ऊर्जा, जलविद्युत्, पर्यटन र शहरी पूर्वाधारमा लगानी गर्न आग्रह गरे । एक दशकअघि रु दुई अर्ब पूँजी भएका बैंकको कोषमा रु सात अर्ब पुगेको तुलनात्मक विवरण प्रस्तुत गर्र्दै अर्थमन्त्रीेले निक्षेप सङ्लनमा नयाँ बैंकले प्रतिस्पर्धा नगरोस् भन्ने आफ्नो चाहना भएको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिँदै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने राज्यका लक्ष्य प्राप्तिमा सक्रिय रहन आग्रह गरेका छन् । बैंकका अध्यक्ष अनुज अग्रवालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणालाई साकार पार्न दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे