राजनीति

महतोको प्रश्नः रेशम चौधरीलाई जन्मकैद भयो तर प्रचण्ड, ओली र गिरिजा प्रसादलाई किन भएन ?

काठमाण्डौ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले रेशम चौधरीलाई अदालतले गरेको जन्मकैदको फैसला अन्यायमाथी अन्यायको पराकाष्ठा भएको बताएका छन् । पुर्ब मन्त्रीसमेत रहेका नेता महतोले प्रचण्ड, केपी ओली र गिरिजा प्रसाद कोईरालालाई पनि रेशम चौधरीलाई जन्मकैद हुने हो भने उक्त फौसला हुनुपर्ने जिकिर गरेका छन् । नेता महतोले पत्रकारहरुसंग कुरा गर्दै रेशम चौधरी आन्दोलनकारी भएको दाबी गर्दै उनलाई अदालतले जन्मकैदको गरेको फैसलाका कारण मुलुकमा मधेसी, जनजाती, थारु सबै मिलेर विद्रोह गर्नुपर्ने र त्यसको नेतृत्व आफूले समेत गर्ने दाबी गरेका छन् ।
आज नै कैलाली जिल्ला अदालतले धनगढीमा एसएसपी इन्द्र न्यौपानेसहितको हत्यामा संलग्न रहेको ठहर गर्दै रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेपछि राजपाका नेता महतोको उक्त प्रतिकृया आएको हो ।