समाचार

प्रतिनिधिसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभामा महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सो प्रतिवेदन पेश गरेकी छन् ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘भू–उपयोग विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गरेकी छन् ।