आर्थिक

सांग्रिलाद्वारा उर्जाशिल अपाङग सशक्तिकरणलाई कम्प्युटर सहयोग

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौ, पेप्सीकोलास्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्दलाई सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई १ थान कम्प्युटर हस्तान्तरण गरे । यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ ।

बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।