राजनीति

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छः उपसभापति गच्छदार

कञ्चनपुर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आज भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन ।”

पूर्वउपप्रधानमन्त्री गच्छदारले सरकार जुन बाटामा हिँडिरहेको छ, त्यसबाट समृद्धिको नारा पूरा हुनसक्दैन भने । देशमा लागू भएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट भएको बताउँदै उनले लामो समयपछि देशले पाएको उपलब्धिलाई संस्थागत गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।