समाचार

टीकापुर घटनाः सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै बुधबार संघीय सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।

बुधबार सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला सुनाएको हो। टीकापुर घटनामा दोषी ठहर गर्दै रेशमलाल चौधरी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डगौरा, राजेश चौधरी, वीरबहानुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनेर चिनिएका सिताराम चौधरी, श्रवण चौधरी र गंगाराम डगौरा चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । दोषी ठहर भएका श्रवण चौधरी नाबालक भएकाले निजलाई बालबालिका सम्बन्धि ऐन २०४८ को दफा ११ ९३० बमोजिम १० वर्ष जेल सजाय मात्र हुने अदालतले फैसला गरेको छ ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । घटनाका अभियुक्त रेशम चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।