आर्थिक

सन्राइज बैकको नगद फिर्ता (क्यास ब्याक) योजना लागु

काठमाडौं । सन्राइज बैंकले भिसा ९ख्क्ष्क्ब्० सँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबार मा पाँच सय देखि एक हजार सम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको छ ।

यस योजना अन्र्तगत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि एइक् वा इलष्लिभ मार्फत कारोबार गरेमा पाँच सय देखि एक हजार सम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिनेछ । पाँच हजार देखि दश हजारसम्मको POS वा Online मा भएको कारोबारमा पाँच सय क्यास ब्याक दिइने छ साथै दश हजार देखि पोन्ध हजारसम्मको कारोबारमा सात सय पचास क्यास ब्याक र पोन्ध हजारभन्दा माथिको कारोबारमा एक सय क्यास ब्याक दिइने छ ।

यस योजनाले सन्राइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंक प्रतिबद्घ छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।