आर्थिक

एन आई सी एशिया क्यापिटलद्वारा दोश्रो वार्षिकोत्सवको अवसरमा विशेष छुटको योजना

काठमाडौँ । एन आई सी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवशरमा नयाँ ग्राहाकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ ।

सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा मिति २०७५/ ११ र २२ देखि २०७५/ १२०६ का लागि पूर्ण रुपमा निस्शुल्क गरिएको साथै एक महिनाका लागि (२२/११र२०७५ देखि २२र१२/२०७५ सम्म) लगानी व्यवस्थापन सेवा (Portfolio Management Service) को संपुर्ण शुल्कमा ५०५ छुटको व्यवस्था गरेको छ ।

एन आई सी एशिया क्यापिटलले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय सेवा मार्फत लगानीकर्तालाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।

डिम्याट खाता संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा विक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।