मनोरञ्जन

लोकप्रीय गायक सत्यराजको “धेरै चोटी आफैसँग” बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । चर्चित गायक सत्यराज आचार्यको नयाँ प्रेम गीत सार्वजनिक भएको छ । उनको स्वर रहेको “धेरै चोटी आफैसँग” गीत युटुवमार्फत् सार्वजनिक भएको हो । गीतमा चक्रपाणि तिमल्सिनाको संगित, महेशबाबु तिमल्सिनाको शब्द र संगीत संयोजन राजु खड्काको रहेको छ ।

डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वाङ् हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङले गरेका छन् ।
गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ। भिडियो छायाँकन र सम्पादन किशोर खनालले गरेका छन् ।
दर्जनौं गीत गाएर स्रोता र दर्शकको मन जित्न सफल भएका सत्यराज आचार्यले धेरै सिनेमामा नायकको भूमिकामा समेत छन् । गीतको भिडियो