समाचार

प्रहरी निरीक्षक तेली विरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी औरही महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह तेलीविरुद्ध विशेष विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीलगायतका सामान ल्याउन सहज गराइ दिने भन्ने बहानामा रु १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक तेलीलाई पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ । आयोगले स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहले घुस लिने कार्यमा मतियारको भूमिका खेलेको जनाएको छ ।