गण्डकी प्रदेश

पाँच थान हतियारसहित चार जना पक्राउमा

पोखरा । पाँच थान हतियारसहित चार जना पक्राउमा परेका छन् । रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई पाँच थान हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

उनीहरुको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल लेन्ससहित एक र बोर राइफल ‘सर्ट गन’ एक गरी पाँच थान हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । कास्कीको रुपा गाउँपालिका–७ तालबेशी तथा सौर्यवासका विभिन्न स्थानहरुमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीमाथि आज जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारवाही शुरु गरिएको छ ।