खेलकुद

नौ पुरुष र एक महिला गरी दश खेलाडी छनोट

काठमाडौँ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत कुस्तीतर्फ प्रदेश नं ३ बाट नौ पुरुष र एक महिला गरी १० खेलाडी छनोट गरिएका छन् ।

तीमध्ये आठ खेलाडी काठमाडौँ र बाँकी दुई ललितपुरबाट रहेका प्रदेश खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिनुभयो । पुरुष ५७ केजीमा राकेश पाण्डे, ६१ केजीमा जादुलाल यादव, ६५ केजीमा शैलेन्द्रकुमार यादव, ७० केजीमा कृष्ण कुमार, ७४ केजीमा नवीन हुसैन राउट, ७९ केजीमा सुनिलप्रसाद साह, ८६ केजीमा समिम राउत, ९२ केजीमा रविन बुढाथोकी र ९७ केजीमा विनोदकुमार यादव छन् ।

त्यस्तै महिला ७६ केजीमा सबनम पाण्डे छिन् । राकेश र सबनम ललितपुरका हुन् । बाँकी आठ खेलाडी काठमाडौँका हुन् ।