खेलकुद

‘बी’ डिभिजन लिगको उपाधिसँगै आरसीटीलाई आठ लाख

 

काठमाडौँ । रानीपोखरी कर्नर टिम (आरसीटी) ले शहीद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि जितेको छ ।

एन्फा मैदान सातदोबाटोमा आज भएको अन्तिम चरणको खेलमा श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि उचालेको हो । आरसीटीलाई जीत दिलाउन लोकेन्द्रबहादुर कार्कीले खेलको २५औँ मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो ।

उपाधिसँगै आरसीटीले रु आठ लाख प्राप्त गरेको छ । उपविजेता श्री भगवतीले रु पाँच लाख प्राप्त ग¥यो । तेस्रो भएको टुसाल युथ क्लबले रु तीन लाख र चौथो हुने सातदोबाटो युथ क्लबले रु दुई लाख प्राप्त गरेको छ । उपाधि चुम्ने क्रममा आरसीटीले अन्तिम चरणमा तीन खेल जित्दै नौ अङ्क जोड्यो । श्री भगवतीले छ अङ्क जोडेर उपविजेता बन्यो । तेस्रो भएको टुसालले एक खेल जितेको थियो । अन्तिममा लिग चरणको अङ्क समावेश गरिएको थिएन ।

‘बी’ डिभिजन च्याम्पियन भएपनि आरसीटी ‘ए’ डिभिजनमा बढुवा हुने छैन । यो वर्ष रेलिगेशन बिनाको लिग भएकाले आरसिटी बी डिभिजनमै बस्नेछ । गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिष्पर्धा गरेका थिए ।