राजनीति

पार्टी भित्र पछि लडौंला, अहिले कम्यूनिष्ट सर्बसत्ताबाद बिरूद्ध लड्न काँग्रेसी एकजूट होऔं: डा कोइराला

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कम्युनिष्ट निरंकूशताका बिरूद्ध लड्नुपर्ने समयमा कांग्रेस आफैंभित्रको समस्यामा फसिरहनु मुलुक र प्रजातन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्। नेपाल ट्रेड यूनियन कांग्रेसको ७३औं स्थापना दिवसको अवसरमा आयोजित ‘शुभकामना आदान प्रदान कार्यक्रम’ लाई संबोधन गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘पार्टी भित्र मनमोटाब र तिक्तता हून्छ, त्यसका लागि पछि लडौंला । यतिवेला मुलुक कम्युनिष्ट सर्बसत्ताबादमा फसेको छ। कम्यूनिष्ट अधिनायकबाद बिरूद्ध लड्न एकजुट हुनुहोस।’

कार्यक्रमलाई संबोधन गर्ने क्रममा डा कोइरालाले कम्युनिष्टहरू जसरी पनी प्रजातन्त्र समाप्त गर्न लागेकाले मुलुक भयावह दुर्घटनातर्फ गईरहेको संकेतगरेका छन् ।

कार्यक्रममा सहभागीहरु