साहित्य

मनीषाको कविता सङ्ग्रह ‘सुस्केरा’ भब्यरुपमा विमोचित

काठमाण्डौ । मनिषा प्रसाईको सविता संग्रह सुस्केरा काठमाण्डौमो डिल्लिरमण पुस्तकालय लाजिम्पाटमा भब्य समारोहकाबीच महाशिवरात्रीको अवशर पारेर सोमबार बिमोचित भएको छ ।

डा.विष्णु विभु घिमिरेको प्रमुख अतिथ्यतानमा सम्पन्न भएको उक्त विमोचन कार्यक्रममा इन्दिरा दाहालको उद्घोषण गरेकी थिईन् भने विशेष आतिथ्यता रामप्रसाद ज्ञवाली, कोषराज न्यौपाने, रामबहादुर पहाडी, प्रह्लाद पोख्रेल, सुनील अधिकारी रहेका थिए । कृतिचर्चामा प्रभा भट्टराई, समग्र कवयित्रीका पक्षमा कलानिधि दाहाल, कृतिका टेक्निकल प्रक्रियाका बारेमा रमेश पौडेल, स्वागत मन्तव्यका रूपमा दुष्यान्त भट्टराई भने गोविन्दमान सिँह कार्की, विजयध्वज थापा रहेका थिए ।

कृतिकार वा कवयित्री मनीषा प्रसाईका कविता वाचन गर्ने व्यक्तित्वमा अनुश्री आचार्य, राजेन्द्र घिमिरे, समाश्री रहेका थिए । कार्यक्रम सोचेभन्दा माथिल्लै रह्यो भने मन्तव्य व्यक्त गर्ने अतिथि सबैले कवयित्रीका बारेमा अत्यन्तै सकारात्मक सोच राखेको दखिएको छ।

कार्यक्रमको सभापतित्व गर्दै कल्पना काफ्ले (आचार्य)ले साहीत्य जिवनको एक महत्वपूर्ण पाटो भएकोले साहीत्य बुझ्ने मान्छेले जिवन समेत बुझ्ने दाबी गर्दै सुस्केरा राम्रो कविता संग्रह भएको दाबी गरेकी थिईन् ।

सानी कवि अनुश्री आचार्य कविता भन्दै