समाचार

अध्यक्षद्वय ओली र दाहालद्वारा उडड्यनमन्त्री अधिकारीको संयुक्त श्रद्धाञ्जलि सभा तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका दिवङ्गत नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जलि सभाको तयारी गरेको छ ।

नेकपा केन्द्रीय कार्यालयले यही फागुन २३ गते बिहीबार काठमाडौँको भृकृटीमण्डपमा श्रद्धाञ्जलि सभाको तयारी गरेको हो । नेकपाका स्थायी कमिटीका सदस्य पम्फा भुषालले सभामा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले सभाका लागि पार्टीका विभिन्न कमिटी र जनसङ्गठन परिचालन गर्नेछ ।

नेता भरतमोहनको यही फागुन १८ गते उपचारका क्रममा र तत्कालीन मन्त्री अधिकारीको यही फागुन १५ गते ताप्लेजुङको भीरढुङ्गामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।