समाचार

निर्वाचन आयोगद्धारा आयोगकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । निर्वाचन आयोगद्धारा आयोगको आ.व.२०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष आज पेश गरेको छ । नेपालको संविधानको २९४ मा भएको संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो ।

आयोगले पेश गरेको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले उक्त प्रतिवेदन प्रधानमन्त्री मार्फत व्यवस्थापिका संसदमा पठाउने जानकारी गराएकी छन् । उनले संविधानमा व्यवस्था भएको समयमै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगलाई धन्यबाद पनि दिएकी छन् । निर्वाचन आयोगको प्रेस विज्ञप्ति यसप्रकार छः