आर्थिक

मुक्तिनाथ विकास बैंकको एकै दिन ५ स्थानमा वित्तीय साक्षरत कार्यक्रम सम्पन्न

काठमाडौँ  – मुक्तिनाथ विकास बैंक लिमिटेडले मिति २०७५ साल फाल्गुन १७ गते“ सबै वित्तीय साक्षरता,आजको आवश्यकता”भन्ने मूल आशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम विगत ५ बर्ष देखि निरन्तर संचालन गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा फाल्गुण १७ गतेका दिन व्यास–०१, भादगाउँ तनहुँ स्थित श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा,कास्की स्थित श्री ज्ञान ज्योतिविद्याकुञ्जमा सैनामैना–०६, भाटाचौर, रुपन्देही स्थित जनकल्याण उच्चमावि.,मोदी– ०६,तिलाहार,पर्वत स्थितनवजागृत उच्च मावि रभरतपुर–०८, शरदपुर, चितवन स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थालिमिटेड गरी जम्मा ५ स्थानमा वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने,भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग,सफानोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कमगर्न सकिन्छ भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो ।
सम्पन्न भएका कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुकोे उल्लेख्य उपस्थिति रहेको थियो ।

उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंक लिमिटेडले वितीय साक्षरत कार्यक्रम मार्फत विद्यार्थीहरु लगायत समुदायमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्न प्रयास गरेको प्रशंसा योग्य रहेको धारणा व्यक्त गरेका छन् ।

बैंकले हालसम्म २४१ वटा वित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५,००० जना सहभागीहरुलाई वित्तिय साक्षरताप्रदान गरी सकेको छ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिई रहने छ ।