अन्तर्राष्ट्रिय

गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

तेहरान । आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ ।

“आपत्कालिन सेवाको आवश्यकता परेकी २६ बर्षिया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफै दुर्घटनामा परेको हो,” आपत्तकालिन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भने । चालक दलका तीन जना र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर होलिकोप्टर दुर्घघना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ ।

इरानमा बेला बेलामा यस्ता हेलिकोप्टर तथा विमान दुर्घटना भइरहने गरेका छन् । अहिले दुर्घटना भएको क्षेत्रमा यसअघि पनि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।