गण्डकी प्रदेश

यौन दुव्र्यवहारका अभियुक्तलाई डेढ वर्ष कैद

पर्वत । तेह्र वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन् । पर्वत जिल्ला अदालतको आइतबारको फैसलाले एक वर्ष छ महीना कैद र रु १५ हजार क्षतिपूर्तिसहित १५ हजार जरिवानाको सजाय सुनाएको छ । अभियुक्त नेपालीले १३ वर्षीया बालिकालाई मङ्सिर २६ गते ललाइफकाइ गरी करणी प्रयास गरेको आरोपमा पुस २ गते पर्वत जिल्ला अदालतमा यौनजन्य अपराध शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाइ उनले करणीसम्बन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नेपालीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित बालिकाको पुस १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा स्वास्थ्य परीक्षण सम्पन्न भएको थियो ।