समाचार

सभामुख महराद्वारा शेर्पाका परिवारलाई श्रर्दाञ्जली

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन् ।

आज दिउँसो बालुवाटारस्थित शेर्पाको घरमा पुगी सभामुख महराले सान्त्वना दिएको सचिवालयले जनाएको छ । आङछिरिङको निधनले पर्यटन र हवाई क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उहाँको अभाव सधैँ खड्किरहने बताए।

पछिल्लो समय नेपालमै ‘पाइलट ट्रेनिङ सेन्टर’ खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गराउदैँ सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर वचन समेत दिएको स्मरण गरे।

उनले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठीन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त गरेका थिए। यसैबीच सभामुख महराले आइतबार सो दुर्घटनमा परी निधन हुनुभएका अन्य व्यक्तिका परिवारलाई भेटी समवेदना व्यक्त गरेका थिए ।