समाचार

डोजरले खानेपानीको मुहान पुरिदियो

पाल्पा । डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् ।

उक्त गाउँपालिकाको वडा नं. २, वडाबाट वडा नं. ४, तान्सिङगल सम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो विस्तार गरिएको थियो । सडक विस्तारका क्रममा डोजरले माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहान पुरिएकाले समस्या भएको स्थानीयवासी नुरबहादुर बुढाथोकीको गुनासो थियो । स्थानीयवासी गोविन्द भण्डारीका अनुसार मुहान पुरिँदा मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको समस्या भएको छ । सडक विस्तारका क्रममा खानेपानीका मुहान पुरिएपछि पानीको समस्या चर्केको बताए ।
जथाभावी माटो र ढुङ्गा फाल्दा वातावरणमा पनि ठूलो असर परेको उनको भनाइ थियो । वर्षाका बेला फालिएको माटो बग्दा पहिरोसमेत जानसक्ने आशङकाले स्थानीयवासी चिन्तित छन् । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले बाटोे विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको छलफलबाट समाधान गर्न सकिने बताए ।