बाग्मती

बिपी चोकमा राष्ट्रिय झण्डा

काभ्रेपलाञ्चोक । ‘समृद्धिका लागि युवा’ नाराका साथ धुलिखेल नगरपालिकाको बिपी राजमार्ग चोकमा राष्ट्रिय झण्डा राखिएको छ ।

हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा धुलिखेलस्थित युवा संस्थाको व्यवस्थापनमा आज राष्ट्रिय झण्डा राखिएको हो । एक कार्यक्रमबीच नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले ‘झण्डोत्तोलन’ गरे ।

उनले नगरका सम्पूर्ण वडामा राष्ट्रिय झण्डा राखिने बताए । उनले भने, “प्रत्येक वडामा समृद्धिको प्रतीकका रूपमा राष्ट्रिय झण्डा राख्नेछौँ ।”