लुम्बिनी

चेपाङ समुदायलाई लक्षित गरी इच्छाकामनामा गोष्ठी

मुग्लिन । चितवनको विकट पहाडी क्षेत्रमा रहेका चेपाङ समुदायलाई लक्षित गरी कबुलियती वन योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । वन संरक्षणमा अग्रसर गराउन इच्छाकामना गाउँपालिकामा सव डिभिजन कार्यालयले सो गोष्ठी आयोजना गरेको हो ।

सव डिभिजन अन्र्तगतका १८१ कबुलियती वनमध्ये पहिलो चरणमा चेपाङको बाहुल्य रहेको १२ वटा वनका प्रतिनिधि गोष्ठीमा सहभागी भएको डिभिजन वन कार्यालय मुग्लिनका प्रमुख सन्तोष हुमागाईले जानकारी दिए । वनको संरक्षण गर्दै आयआर्जनसमेत गर्न सकिन्छ भन्ने कुरा गोष्ठीबाट सिक्न पाएको कालिठूटे कबुलियती वन उपभोक्ता समितिका अध्यक्ष सुन्दर चेपाङ बताए ।

गोष्ठीमा वन क्षेत्र संरक्षणसँगै वनलाई आधारित बनाइ बाख्रापालन, फलफूल विरुवा रोपण, खानेपानी मर्मत, पोखरी निर्माण र आयआर्जनका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा कार्यालयका प्रमुख हुमागाईंसहित वन रक्षक भोजरज ढकाल, सूर्य अधिकारीले प्रशिक्षण दिएका थिए ।

विशेषगरी वनजङ्गलको संरक्षण, गरीबी निवारण, सामाजिक विकास र आर्यआर्जनमा टेवा पु¥याउने उद्देश्यसाथ निम्न आयस्तर भएका समुदायलाई कबुलियती वन हस्तान्तरण गरिएको थियो । विकटमा रहेको एक मात्र इच्छाकामनामा गाउँपालिकामा अधिकांश चेपाङ समुदाय सहभागी रहेका कबुलियती वन समूह छन् ।