आर्थिक

प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । आइतबार प्रदेश नं.—३, दोलखा जिल्ला, जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग बाणिज्य संघका सदस्यहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठ प्रमुख आतिथ्यमा बित्तिय साक्षरता कार्यक्रम सुसम्पन्न भयो ।

सो कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ्ग अबस्था, चुनौती, समाधानका उपाय एवं अबसरका बारेमा स्पष्ट पारेका थिए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग साक्षरता कार्यक्रम अन्तर्गत बैंक तथा बित्त सम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिए ।

उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायत समाजका अन्य लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।