बाग्मती

पाशुपत क्षेत्रमा स्वास्थ्य शिविर

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर पवित्र पाशुपत क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘विकासका लागि भिजन नेपाल’ नामक संस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

आज बिहानैदेखि सञ्चालन गरिएको सो शिविरमा हालसम्म २१० भक्तजनले स्वास्थ्य सेवा लिएका संयोजक जेपी यादवले जानकारी दिनुभयो । शिविर साँझसम्म चल्ने बताइएको छ ।

शिविरमा विभिन्न अस्पतालका ३५ बढी चिकित्सकले बिरामी भक्तजनको उपचार गरेका छन् । पशुपतिमा पूजाआजा गर्न आएका भक्तजनमा टाउको दुख्ने, रक्तचाप उच्च तथा न्यूनलगायत स्वास्थ्य समस्या देखिएको चिकित्सकले जनाएका छन् । बिरामी अवस्थाका भक्तजनलाई निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा खटिएका चिकित्सकले लामबद्ध भक्तजनलाई सोही स्थानमा पुगेर स्वास्थ्य सेवा दिएका थिए । उक्त संस्थाले शिवरात्रिका अवसरमा तीन वर्षदेखि पाशुपत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।