विचार/ब्लग

ज्योती मगरले छोटा लुगा लगाउदा बिरोध तर बाबाहरु नाङ्गै हिँड्दा समाज किन मौन ?

दीपा जैशी/ ज्योति मगरले छोटो लुगा लगाउदा सामाजीक संञ्जालमा नाना थरी गाली गलौज गर्ने , हाम्रो समाजका मालिक वर्ग तथा पितृ सत्ताका नेत्रित्व वर्गले शिवरात्रिको अवशरमा विभिन्न मठमन्दिरमा लाग्ने मेलामा बाबाहरु नाङ्गै हिड्दा समेत एक शब्द नबोलेको देख्दा अच्चम लागेको छ । अर्ध आग्गो पनि होईन पुरै शरिर नाङगै भएका पुरुष “बाबा” हरु मन्दिरको ढोका ढोकामा बसेका देखेको छकि छैनन्, यदि देखेको छ भने यो पुरुषबादि समाज किन लाज पचाएर बसेको छ वा आँखा फुटाएर बसेको छ ।

यस्तो विकृतिको बारेमा किन नेपाली समाज मौन छ । यि नागो पुरुषलाई सामाजीक रुपमा वहिष्कार गर्न किन अघि बढ्दैन , सायद यो पितृसतात्मक समाज भएकाले होला आफ्नो जातको क्रियाकलाप सजिलै स्वीकार गरेको तथा पुरुषले जे गर्दा पनि हून्छ भन्ने दम्ब देखाको । यदि योे नाङगा बाबाको स्थानमा नाङगो महिला “माता” भए के यो समाजले पचाउन सक्छ प्रश्न यहि निर छ तर पचाउन सक्दैन थियो भन्ने कुरा सहर्ष स्वीकार्न सकिन्छ, किनकि चेलीहरुले छोटो लुगा लगाएको त यो समाजलाई मन परेको छैन ।

लामो समयसम्म लाइन लागेर मन्दिरमा पुजा गर्न पुगेका हजारौं भक्तजनहरु बाबाको नाङगो शरिर हेरेर घर फर्कन्छन् । अलि पाको उमेरका अथवा विबाहित महिलाहरुलाई त यसले खासै असर नर्गला तर सानो उमेरका वच्चा बच्ची तथा भर्खर चौँध पन्ध्र बर्षको उमेरमा लागेका किशोरीहरुको मानसिकतामा निकै असर पार्ने बिषयमा हो यो ।यो कुरामा बौद्धिक भनिदो नेपाली समाजले ध्यान दिनुपर्ने होईन र । यस्ता बिकृति बिसंगतीको अन्त्यगर्नतिर सचेत वर्ग सकृय हुनु पर्ने होइन् र । सार्वजनिक ठाउँमा नाङ्गा बाबाहरुलाई खुलेआम हिँड्न राज्यले रोक पर्ने होइन र ।

हिन्दु धर्म संगै पृतिसत्ताको शासन र सामाजीक पकड समाप्त हुने भएकाले पुरुषले हिन्दु धर्ममा भएका विकृतिको संरक्षण गर्दै आएको छ । किनभने जब सम्पतीको धारणा आयो उस९पुरुष०ले सम्पतीलाई दुई खण्डमा विभाजन गर्यो । सजिब “महिला” र निर्जिब “भौतिक बस्तु” । निर्जिब सम्पती त उसलाई खासै चिन्ता भएन तर सजिब सम्पतीको भने चिन्ता भयो । सजिब सम्पतीलाई ठिक ठाउँका राख्न पुरुषले धर्मको परिकल्पना गर्यो । पुरुषले सामाजीक संस्कारको यस्तो विकास गर्यो कि आफु दिन रात जता गएपनि महिला चाँहि ढुँगा पुजेर भगबान भन्ने नाम जपेर बसिरहुन्, बाहिरी दुनियाँको बारेका थाहा नहोस, पढेर बाठा नहुन्, आफुमाथी भएको हिंसाको बिरोध गर्न नसकुन्, तथा अनैतिक क्रीयाकलापका नलागुन ,घर धन्दाबाट निस्किने समय नहोस्, र सधै बस्तुको रुपमा आफूखुसी प्रयोग गर्न पाइयोस् भन्ने धारणाले निर्माण गरेका हुन् ।

हिन्दु धर्ममा महिला बढि हेपिएका, दबिएका छन् । यो धर्मले महिलालाई दोस्रो दर्जाको नागरीकको रुपमा हेरेको छ । महिला माथि अनावश्यक जिम्मेवारीको थुप्रो लगाएको देखिन्छ । हिन्दू धर्म पितृसत्ताको नजिक छ र पितृसत्ताको नै हाली मुहाली छ । यो धर्मले वोक्शी, छुवाछुत, धामी, झाँक्री, छाउपडी, ढुँगा पुजा गर्ने परम्परा, जस्ता अवैज्ञानिक कुरालाई आश्रय दिएको छ, जसले गर्दा आज दिन प्रतिदिन महिलाहरुले सामाजीक अपहेलना मात्र होइन्, ज्यान समेत गुमाएका छन् । जव सम्म हिन्दु धर्ममा रहेका यस्ता प्रकारका विकृतिको अन्त्य हुँदैन, तव सम्म महिला हिसांको अन्त्य हुदैँन । महिला समानता भन्ने कुरा राजनीतिक दलको भोट माग्ने र कमाई खाने भाँडो मात्र हुँनेछ । हरेका कुरामा सकारात्मक र नकारात्मक असर हुने भएपनि यसमा सकारात्मक भन्दा बढी नकारात्मक भएकोले सुधार गर्नु पर्ने देखिन्छ ।

 

ज्योती मगरले छोटा लुगा लगाउदा विरोध गर्ने पुरुष शासकको ध्यान किन गएन नाङ्गा बाबातिर

पछिल्लो समय काँग्रेस, राप्रपा, मधेशबादी दलहरु तथा नेकपाका केही नेताहरु विभिन्न राजनीतिक स्वार्थ पुरा गर्न धर्मनिरपेक्ष भईसकेको नेपालको संबिधानमा हिन्दू राज्य स्थापना गर्छू वा गनुपर्छ भन्दै हिँडेका छन् । एउटा राज्यको र समाजको अभिभाबकत्व ग्रहण गरिरहेका राजनीतिक दलका प्रतिनिधीहरले यस्तो सानो तिनो कुरामा अल्झेको देख्दा अच्चम लाग्छ । हिन्दु धर्म स्थापना गर्ने भन्दा पनि धर्ममा भएका विकृतिहरु हटाउने तिर लाग्नु पर्ने हो । राजनीतिक दलहरु, सचेत नागरिकहरु, पत्रकारहरु, बुद्धिजिवीहरु, वकील, महिलाअधिकारकर्मी, विद्यार्थी लगायत सबैले पशुपतिमा नाङ्गा बाबाहरुलाई प्रवेश निशेध गर्दै हिन्दू धर्मका भएका विकृति हटाएर हिन्दू धर्मलाई हिन्दू पापबाट हिन्दू धर्मतिर धकेल्ने अभियानमा आजैदेखी जुट्ने बेला आएको छ ।