कर्णाली प्रदेश

 सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट खेल हुदैँ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट खेल हुने भएको छ ।

कर्णाली क्रिकेट एकेडेमीले पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १२–२१ गतेसम्म कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । यसवर्ष प्रदेशस्तरमै सर्वाधिक धनराशीको क्रिकेट खेल प्रतियोगिता गरिने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए ।

“वीरेन्द्रनगरस्थित रङ्गशालामा खेलको आयोजना हुनेछ,” अध्यक्ष शाहीले भने, “प्रतियोगितामा देशका आठ प्रतिष्ठित क्लबको सहभागिता रहनेछ ।” खासगरी कर्णाली प्रदेशलाई राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउन, राष्ट्रिय खेलाडी उत्पादन गर्न, एकेडेमी तथा कर्णाली प्रिमियर लिगको संस्थागतका साथै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले खेलको आयोजना गरिएको उनले बताए ।

सो प्रतियोगिताका लागि रु ६० लाख बजेट तर्जुमा गरिएको प्रतियोगिताका संयोजक रेशमबहादुर शाहीले बताए। उनका अनुसार प्रत्येक टिममा दुईजना विदेशी खेलाडी सहभागी गराउन पाइनेछ । खेलमा अफिसियलसहित १५० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ