अन्तर्राष्ट्रिय

भ्रष्टाचारको अभियोगमा जेल सजायँ भोगिरहेका पूर्वराष्ट्रपति लुला नातीको अन्त्येष्टिमा सहभागी,पुनः जेल फिर्ता

रियो दि जेनेरियो । काराबास सजायँ भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार पुनँ जेल फर्किनुभएको छ । उनलाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ ।

शनिबार बिहानै कुरिटिबास्थित जेलको कोठाबाट झरेर उहाँले एउटा सानो विमानमार्फत अन्त्येष्टि समारोहमा सहभागी हुन करिब ४०० किलोमिटर टाढा रहेको साओपाओलो शहरमा पुगेका थिए । जहाँ रातो फेटा लगाएका उनका सयौँ समर्थक भेला भै लुलाको रिहाइका लागि प्रदर्शन गरेका थिए ।

उनको सात वर्षे नाती अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार विहान निधन भएपछि अदालतले शुक्रबार नै उनलाई अन्त्येष्टिमा सहभागीताका लागि अनुमति दिएको थियो । अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उनको सहभागीता रहको थियो । सिल्भाले सत्तामा रहँदा पदको दुरोपयोग गरी आर्थिक अपचलन तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उनलाई ब्राजिलको अदालतले १२ बर्षको जेल सजायँ तोकेको छ ।

अन्त्येष्टिमा सहभागी हुन उनी साओ पाउलोमा पुगेका थिए । कडा सुरक्षा व्यवस्थासहित उहाँ विमानबाट कार्यक्रम स्थलमा पुग्ने र कार्यक्रममा सहभागी हुनभएको थियो । ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुवा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाती नातिनाजस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमति दिनसक्ने व्यवस्था रहेको छ ।