आर्थिक

प्राइम कमर्सियल बैंकद्वारा क्याम्पस प्रशासनलाई बेन्च डेक्स हस्तान्तरण

काठमार्डौँ । शनिबार प्राइम कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. — ३, काभ्रेपलाञ्चोक जिल्ला, रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसका बिद्यार्थीहरुलाई अध्ययनमा सुबिधा पु¥याउने हेतुले ६० वटा बेन्च डेक्स बनार्ई एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई हस्तान्तरण गरे ।

साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराएका थिए । उक्त समारोहमा संघीय संसदका माननीय सदस्य श्रीमती शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।