समाचार

महासङ्घद्वारा पत्रकार गौतमको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले महासङ्घका सभासद् वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

महासङ्घले आज एक शोक विज्ञप्तिमार्फत स्व पत्रकार गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मुटुसम्बन्धी रोगबाट पीडित पत्रकार गौतमको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा ६९ वर्षको उमेरमा गए राति निधन भएको हो । महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकारलाई गुमाएको उल्लेख गर्नभएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गौतम रहस्य साप्ताहिकमा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।