समाचार

नेकपा अध्यक्षद्वयद्वारा मृतक अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको छ ।

मध्याह्न १२ बजेसम्म उहाँको शव पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । अहिले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको छ ।