गण्डकी प्रदेश

गलेश्वरमा तीर्थयात्री र भक्तजनको चाप बढेकाले ५०० तीर्थयात्री बास बस्न सक्नेधर्मशालाको निर्माण

म्याग्दी  । एक व्यवसायीर्थिक सहयोगमा बेनी नगरपालिका–९ गलेश्वरमा तीर्थयात्री निवास भवन ‘धर्मशाला’ निर्माण भएको छ । काठमाडौँको होटल र्याडिसनका सञ्चालक स्व गोविन्ददास श्रेष्ठद्वारा स्थापित गोविन्द सरस्वती फाउण्डेशनको सहयोगमा छकोठे भवन निर्माण भएको हो ।

रु ६५ लाख लगानीमा गत हप्ता निर्माण सम्पन्न भएको भवनलाई यसै यामदेखि सञ्चालनमा ल्याइने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए। दुईतले भवनमा एक दिनमा १०० बास बस्न सक्ने क्षमता छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरमा तीर्थयात्री र भक्तजनको चाप बढेकाले धर्मशाला निर्माण गरिएको कोषका कार्यालय सचिव राम बानियाँले बताए ।

नयाँ निर्माण भएको तीर्थयात्री निवास भवनमा फर्निचर र आवासीय पूर्वाधार व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यालय सचिव बानियाँले बताए । नयाँ धर्मशाला बनेपछि गलेश्वरमा दैनिक ५०० तीर्थयात्री बास बस्न सक्ने भएका छन् । हाल ४०० बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ ।