समाचार

जिपी कोइराला फाउण्डेशनको सुदूरका सबै जिल्लामा शाखा विस्तार

बैतडी । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’लाई बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विस्तार गरिएको छ । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशनको सुदूरपश्चिमका सबै जिल्लामा शाखा विस्तार गरिएको हो ।

सो फाउण्डेशनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्दका अनुसार बैतडीमा विष्णुदत्त जोशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा यज्ञराज पन्त, सचिवमा दशरथ चन्द र कोषाध्यक्षमा रिकेश बोहरा रहेका छन् । सदस्यमा बिष्णुदत्त अवस्थी, रामसिंह भण्डारी, तुलसी ठगुन्ना, सुरत पार्की, नरेशबहादुर चन्द, गणेश गडाल, लक्ष्मी चन्द ‘शाह’ कृष्णबहादुर चन्द र निर्मला अवस्थी रहेका छन् ।

यस्तै दार्चुलामा गजेन्द्रसिंह कार्की, डडेल्धुरामा भरत नेपाली, बझाङमा ध्रुवराज उपाध्याय, अछाममा यज्ञप्रसाद ढुङ्गाना, बाजुरामा तिलकराज पुरी, डोटीमा दुर्गा फुलारा, कञ्चनपुरमा भरत विष्ट र कैलालीमा यज्ञनिधि कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रत्येक जिल्लामा १३/१३ सदस्यीय समिति गठन गरिएको सुदूरपश्चिम संयोजक चन्दले जानकारी दिए । गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ स्थापना भएको प्रतिष्ठानले देश तथा विदेशमा आफ्नो शाखा विस्तार गरिरहेको छ ।