अन्तर्राष्ट्रिय

विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको मजबुत अवस्था रहने अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक सिङ

बेइजिङ । आगामी पाँचदेखि १० बर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको मजबुत अवस्था रहने अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङले बताए।  “युआनको विश्वव्यापी सञ्चिति आगामी पाँचदेखि १० बर्षसम्म अहिलेको दुई प्रतिशतबाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्नसक्ने अवस्था देखिएको छ,” सिङले बताए, “मुद्रा सञ्चितिमा आउने वृद्धिको अर्थ विश्वभरका केन्द्रीय बैंक र लगानी कोषहरूले सम्पत्ति खरिद् गर्दा युआनलाई फाइदा पुग्ने गरी कारोबार हुने देखिएको छ ।”

त्यतिवेलासम्म युआनले बेलायती पोन्डस्टर्लिङ र जापानी यनलाई पछि पार्दै मुद्रा सञ्चितिका हिसाबले तेस्रो शक्तिशाली मुद्रा बन्नेछ । अमेरिकी डलर र यूरो भने युआनभन्दा अझै बलिया रहनेछन् । सिङको युआनको बढ्दो प्रभावबारेको प्रक्षेपण चीनको वित्तीय अवस्थामा रहेको खुकुलोपनलाई हेरी गरिएको हो ।
चीनले पछिल्लो समय वैदेशिक लगानीलाई भित्राउन शेयर बजार तथा प्रतिज्ञा पत्र बजारमा विभिन्न कदमहरू चालेको छ । यसका लागि व्यापारलाई फैलाउने र समुद्रपारको लगानीलाई ठूलो मात्रामा भित्राउने नीति चीनको रहेको छ । “चीनले लिएको वित्तीय सुधारको मार्गले लगानीकर्तालाई चिनियाँ सामानबारे थप विस्वस्त तुल्याउनेछ,” उनले भने । सिङले यो पनि प्रक्षेपण गर्नुभएको छ कि मुद्रा सञ्चितिमा आफ्नो अवस्थालाई आगामी दुई बर्षभित्रै मजबुत पारिसक्नेछ र यसबाट मूलधन प्रबाहमा चीनको पूँजी बजारलाई विस्तार गर्नेछ ।