मनोरञ्जन

कृष्ण वलि र रुपा वलिको सत्य घटनामा आधारित गीत गायिका विष्णु माझीको स्वरमा, यस्तो छ भिडियो

काठमाडौँ । सर्वाधिक लोकप्रिय गायिका विष्णु माझी र गायक विष्णु पाण्डेको ‘बैशाखी ’ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत सार्वजनिक भएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

बास्तविक जिवन भोगाईमा तयार पारिएको गीतमा जिवनका कठिन मोडमा जिवन साथीले दिएको साथलाई निकै मार्मिक रुपमा समेटिएको छ । आफनी प्रेमीकाको सहयोगले गर्दा जिवनमा जिउनको लागी सहज भएको परिवेश लाई गीतमा समावेश गरिएको हो ।

गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।‘बैशाखी ’ गीतमा सागर थापा र साया भण्डारीको निकै कारुणिक अभिनय रहेको छ ।
https://www.youtube.com/embed/6vjYQPmuQ5c