लुम्बिनी

नेपालगञ्जबाट रुकुम सिलिङ्गे जादैँ गरेको फोर्स गाडी दुर्घटना हुँदा चौध घाइते

सल्यान । नेपालगञ्जबाट रुकुम सिलिङ्गेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका वडा नं १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।शनिबार दिउँसो भएको भएको दुर्घटनामा गाडी सडकबाट झण्डै १५ मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्य घाइतेमा पाँच जनाको जिल्ला अस्पताल सल्यान, पाँच जनाको श्रीनगरका विभिन्न अस्पताल र दुई जनाको थारमारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।