समाचार

अन्ततोगत्वाः रहेनन् आफ्नै गाँउ आफैं बनाउँका मुख्य अभियान्ता भरतमोहन, हार्दिक श्रद्धान्जली!

काठमाडौँ । स्वास्थ्यस्थित गम्भीर रहेका भनिएका पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीनिधन भएको छख । उहाँको स्वस्थ्य अवस्था जिवित भएको दाबी गर्दै अस्पतालले केहीबेर अगाडी पत्रकार सम्मेलन गरेर स्वस्थ्य अवस्थाको बारेमा जानकारी गराउने उपचारमा संलग्न ह्याम्स अस्पतालका चिकित्शक हेमराज पनेरुले बताएको केहीबेरमा नेता अधिकारीको निधन भएको उहाँका सम्धी कृष्ण पैसाद आचार्यले सुर्यखबरलाई बताए ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएकोथियो । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उहाँको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीर महत्वपूर्ण अङ्गले काम गर्न छाडेको बताएका थिए । बितेका २४ घन्टादेखि पिसाब बन्द भएको थियो ।

पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जनाउँदै डा पन्तले चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि उहाँको स्वस्थ्यमा सुधार नभएको बताएका दिद्यउसो जानकारी दिएका थिए ।
मनमोहन अधिकारी नेतृत्वको सरकारका बेला अर्थ मन्त्री रहेका नेता अधिकारीले आफ्नै गाँउ आफैं बनाउ जस्ता लोकप्रीय कार्यक्रम ल्याएर। जनताको मनमात्र जितेनन् उनले नेकपा एमालेलाई ओली सरकार सम्म आउदा शक्तीसाली पार्टी बनाएर जनताको मत जिताउन सफल बनेका थिए । लोकप्रीय नेता अधिकारीको ९.३५ मा निधन भएको हो । अस्पतालले समेत निधन भएको समाचारको पुष्टी गरिसकेको छ ।