पु.समाचार

सुखी नेपाली र समृद्ध नेपालको लागी सामाजिक जागरण आवश्यक – गृहमन्त्री थापा

भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताए। आज चौथो नेपाल लायन्स महोत्सव ‘फेस्टिबल’ भक्तपुरको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताए । लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उनले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गरे ।

 

आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा देशभरका हजारौँ लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिए ।
महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छभने काठमाडौँ रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार र्यालीको समेत आयोजना गरिएको छ ।

महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारीलगायत परम्परागत खानाको स्टल, जुजु धौँ चर्चितगायक गायिकाको प्रस्तुति, विभिन्न खेललगायतका करीब ६० वटा स्टल रहेको छ । यहाँ प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेल आयोजना गरिएको छ । को लागी