लुम्बिनी

दुघर्टनामा एकको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा६च २१०२ नंको कार र बुर्तिबाङबाट काठमाडौँ जाँदै गरेको ना७ख २८४४ नंको बस ठक्कर खाँदा कारमा सवार पोखरा महानगरपालिका–२० बस्ने ५६ वर्षीय लीलबहादुर सुनारको मृत्यु भएको हो ।

सुनारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा कार चालक कास्कीका ३४ वर्षीय सुनिल गुरुङ र व्यास नगरपालिका–२ का २८ वर्षीय सुन्दर गुरुङ घाइते भएका छन् । घाइते दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ भने दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् ।