खेलकुद

दृष्टिविहीनको फाइन मन्त्रालयमै थन्कियो

काठमाडौँ  । युएइबाट शृङ्खला जितेर स्वदेश फर्केकै दिन पाकिस्तानबाट पनि दृष्टिविहीन क्रिकेट टोली अर्को शृङ्खला जितेर स्वदेश फर्किएको थियो ।

दृष्टिविहीन टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’का सदस्य सचिव केशवकुमार विष्ट विमानस्थल पुगे । उनीहरुलाई सोही दिनै युवा तथा खेलकूद मन्त्रालयमा बोलाएर सम्मान पनि गरियो । तर, उनीहरुलाई राखेपले खेलाडीलाई जनही रु एक/एक लाख र प्रशिक्षक तथा व्यवस्थापकलाई जनही रु ५० हजार दिन सिफारिश गरे पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले अहिलेको खेलकूद कार्यविधिअनुसार दृष्टिविहीन टोलीलाई आर्थिक सहयोग गर्न नसकिने बताउँदै कार्यविधि संशोधनको तयारी भइरहेको बताए । “राखपेले आर्थिक सहयोगका लागि प्रस्ताव पेश गरेको छ, अहिलेको कार्यविधिअनुसार दिन सकिँदैन, अर्थमन्त्रालयसँग छलफल गरेर मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि संशोधनमा लागेका छौँ”, उनले भने ।

पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको र पहिलोपटक नै पाकिस्तानविरुद्धको सिरिज जितेर फर्किएको नेपाली दृष्टिविहीन टोलीलाई राज्यले उपेक्षा गरेको दृष्टिविहीन क्रिकेट सङ्घका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले गुनासो गरे । “राखेपले १५ खेलाडीलाई जनही रु एक लाख तथा सात अफिसियललाई जनही रु ५० हजार प्रदान गर्न मन्त्रालयमा सिफारिश गरे पनि मन्त्रायबाट अहिलेसम्म निर्णय हुनसकेको छैन”, उनले भने ।

सीमित स्रोतसाधन र तयारीका बाबजुद नेपाली टोलीको प्रदर्शनलाई सकारात्मक रुपमा लिनुपर्ने र आउँदा दिनमा नेपाली महिला क्रिकेट खेलाडीलाई पनि राज्यले सम्मान गर्दै अघि बढेमा मात्रै थप केही गर्ने जोश र जाँगर खेलाडीमा बढ्ने अपेक्षा गर्न सकिने बताउनुहुन्छ नेपाल क्रिकेट सङ्घ ‘क्यान’का पूर्वअध्यक्ष विनयराज पाण्डे ।

नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान एलबी क्षेत्रीको पहलमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो । क्षेत्रीले त्यतिबेला बाँकेका विभिन्न ३३ विद्यालय पुगेर क्रिकेटसम्बन्धी प्रशिक्षण दिनुभएको र महिला क्रिकेटको परिवेश सिर्जना गर्न सहयोग पुगेको थियो । विसं २०६१ फागुन १५ गते क्षेत्रीको सपनाले साकार रूप लिएको थियो । नेपाली किशोरी पहिलोपटक औपचारिकरूपमा ब्याट बोकेर मैदान उत्रेका थिए । उक्त प्रतियोगितामा २९ विद्यालयले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो । क्षेत्रीले पुस्तकमा जनाएअनुसार त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भएको थियो । सोही वर्ष नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरिएको थियो ।