आर्थिक

मुक्तिनाथ विकास बैंकको कर्जा व्याजदर घट्यो

काठमाण्डौ । मुक्तिनाथविकास बैंकले कर्जाको ब्याजदर घटाएको छ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदानगर्ने कर्जाहरुमा ब्याजदर घटाएको हो।

यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङ्ग प्रणालीबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको सूचना अधिकारी तिलबहादूर गुरुङ्गले जानकारि दिएका छन् ।