खेलकुद

आठौँ राष्ट्रिय खेलकूदका लागि गण्डकी प्रदेशबाट चार खेलका खेलाडी छनोट

काठमाडौँ । आठौँ राष्ट्रिय खेलकूदका लागि गण्डकी प्रदेशबाट चार खेलका खेलाडी छनोट भएको छ ।

राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’का अनुसार क्रिकेट, टेबलटेनिस, उसु र बक्सिङका खेलाडी छनोट भएका हुन् । क्रिकेटमा समान १४–१४ पुरुष/महिला गरी २८ खेलाडी छनोट भएका छन् । छनोट हुने पुरुष खेलाडीमा कास्कीका विपिन खत्री, अनिल गुरुङ, सुमन घिमिरे, सन्तौष न्यौपाने, मेखबहादुर सेन थापा, गोविन्द प्रधान, अमृत गुरुङ र विधान श्रेष्ठ, नवलपुरका किशोर महतो, आकाश थापा, मञ्जिल न्यौपाने र राहुल शर्मा, तनहुँका राजु गुरुङ तथा बाग्लुङका रमेश बस्नेत छन् ।

महिलातर्फ कास्कीका धन छन्त्याल, सृष्टि पौडेल, नमूना कार्की, सरु राजभण्डारी, प्रतिमा बानियाँ, सुशीला गुरुङ, गङ्गा थापा मगर, स्मृति गुरुङ र अस्मिता गुरुङ तथा लम्जुङका सगुन गुरुङ, रोस्जी थापा, प्रिया गुरुङ र पूर्णिमा गुरुङ छनोट भएका छन् ।

टेबलटेनिसततर्फ गण्डकी प्रदेशबाट पाँच/पाँच पुरुष/महिला खेलाडी छनोट भएका छन् । पुरुषतर्फ कास्कीका शङ्कर धिताल, बाग्लुङका सुजन कुँवर, कास्कीका अनुश कुँवर, बाग्लुङका समिर केसी र कास्कीका सुमेश लामा छनोट भए । महिलामा मुना थापा, पार्वती श्रेष्ठ, सुजाता पौडेल, प्रमिशा न्यौपाने र ज्योति गुरुङ छानिए । सुजाताबाहेक सबै कास्कीका हुन् । सुजाता नवलपुरकी हुन् ।

उसुमा थाउलोको छाङछ्वान पुरुषतर्फ कास्कीका आयुश गुरुङ र महिलामा बाग्लुङकी सोनम खत्री, पुरुष नान्छ्वान÷नानकुनमा बाग्लुङका लेलिन राना मगर, महिला नान्छ्वान/नानतावमा बाग्लुङकी काजल विक, थाइचीछ्वान/थाइचीचेनको पुरुषमा बाग्लुङका गोविन्द थापा मगर र महिलामा बाग्लुङकी दीपशिखा किसान, पुरुष ताव सु/कुनसुमा बाग्लुङका शौरभ किसान र महिलातर्फ चियन सु/छियाङ सुमा बाग्लुङकी समीक्षा पाइजा छनोट भए ।

सान्सौंको पुरुष ५२ केजीमा नवलपुरका अनिलकुमार चौधरी, ५६ केजीमा बाग्लुङका उत्तम अर्मजा, ६० केजीमा म्याग्दीका सुशीलकुमार श्रेष्ठ, ६५ केजीमा कास्कीका दिनेश श्रेष्ठ, ७० केजीमा बाग्लुङका योगेन्द्र थापा, ७५ केजीमा बाग्लुङका किरण घर्ती मगर, ८० केजीमा बाग्लुङका अनुप खड्का र ८५ केजीमा कास्कीका सुरेश नेपाली छानिए । महिला ५२ केजीमा तनहुँकी दिलमाया राना, ५६ केजीमा बाग्लुङकी रेखा बोहरा, ६० केजीमा तनहुँकी विनु माया राना, ६५ केजीमा कास्कीकी अञ्जना कार्की, ७० केजीमा कास्कीकी रुपा पाइजा र ७५ केजीमा कास्कीकी अनिशा आले मगर छनोट भए ।

बक्सिङमा पुरुष ४९ केजीमा कास्कीका कृष्णजङ्ग कार्की, ५२ केजीमा नवलपुरका अमिर गुरुङ, ५६ केजीमा कास्कीका जेनिश गुरुङ, ६० केजीमा कास्कीका दिनेश बानियाँ, ६४ केजीमा कास्कीका सुजन मगर, ६९ केजीमा नवलपुरका सविन गुरुङ, ७५ केजीमा कास्कीका युवराज श्रेष्ठ, ९१ केजीमुनि कास्कीका सञ्जीव श्रेष्ठ तथा ९१ केजीमाथि कास्कीका कुशल राना मगर छनोट भएका छन् ।