समाचार

राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

राष्ट्रपति भण्डारी शुक्रबार साँझ अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

नेता अधिकारीको सघन उपचार कक्षमा ‘आइसियु’ मा राखेर उपचार भइरहेको छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएकोमा सुधार नभएपछि माघ २४ गते ह्याम्स अस्पताल लगिएको थियो । नेता अधिकारीको छातीमा समस्या देखिएको छ । उनको उपचारमा डा राजु पँगेनी, डा मनबहादुर केसी, डा अर्जुन कार्कीलगायत संलग्न हुछ् ।