अन्तर्राष्ट्रिय

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

लिमा, पेरू । पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ ।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु पेरूको अजाङगारो शहरबाट करिब २७ किलोमिटर उत्तरपूर्वमा २५७ किलोमिटर गहिराइमा रहेको बताइएको छ । विभागका अनुसार दक्षिण अमेरिकामा गएका ठूला भूकम्पको केन्द्रविन्दु प्राय ७० किलोमिटरको गहिराईभन्दा तल हुने गरेको छ ।

पेरूको छिमेकी राष्ट्र इक्वेडरमा पनि ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा नौ जना घाइते भएका थिए भने कतिपय भवनमा आंशिक क्षति भएको थियो । तर उक्त भूकम्पबाट पेरूमा क्षति भएको थिएन ।