आर्थिक

माछापुच्छ्रे बैँकद्वारा पशुपतिलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण

काठमाण्डौ । माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष हस्तान्तरण गरेको छ। बैंकले सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी एक कार्यक्रमका शुक्रबामर पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् । साथै,सोही परिसरमादर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएकोछ । यसका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरि एटिएम समेत जडान गरि सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ ।
यस अघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९४ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैँकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैँकको देशभर ११६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।