लुम्बिनी

वाडेन सेमिनार बर्दियामा शुरु

धम्बोजी । पर्यटक भित्र्याउने उद्देश्यले देशैभरीको वन र वन्यजन्तु संरक्षणका लागि वाडेन सेमिनार बर्दियामा आजदेखि शुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा निकुञ्ज आरक्ष प्रमुखको भेलामा वन वन्यजन्तु बचाउनको लागि नीति निर्माण तय गर्न सो सेमीनार आयोजना गरिएको बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अर्णनाथ बरालले बताए ।

राष्ट्रिय निकुञ्जको संरक्षण कसरी गर्ने, जङ्गली जनावरको आहारा प्रजाती कसरी बढाउने,घाँसे मैदान विस्तार कसरी गर्ने, चितल असुरक्षित भएको हुँदा चरीचरण खुला क्षेत्र कसरी विस्तार गर्ने भन्ने विषयमा समेत सेमीनारमा छलफल हुने बरालले बताए ।
तीनदिने सो सेमीनारमा आगलागी विपद् व्यवस्थापन चेकको कडा व्यवस्था, नागरिक र सैनिकको सम्बन्ध कस्तो रहने भन्नेबारेमा समेत छलफल हुने छ ।